26 December 2016

गजल

गजल
महल पुगेर झुपडीको बास, नबिर्सनु होला
हामीले संगै ओढेको कपास, नबिर्सनु होला

सम्पत्तीले मानवता, कहिल्यै किन्न सकिँदैन
जिन्दगीमा यो  कुरा खास, नबिर्सनु  होला

हिजो संगै झेलेकै थियौँ, दु:खका पल हरु
सुख पाएसी को थ्यो निकास, नबिर्सनु होला

इमान जमान यतै  छुट्छ, श्वास छुटे संगै
सबै  चिज भैजान्छ नास, नबिर्सनु  होला

सजिलै बिर्सेलाउ मलाई, संसार जितेपछी
को थिएँ बिगतमा ईतिहास, नबिर्सनु होला

आशिक तामाङ्ग वाईबा/ mongolian samrat
तसर्पु- ९ धादिङ्ग सल्ले
हाल- साउदी अरब

24 December 2016

मुक्तक

मुक्तक पाठशाला समूहमा मुक्तक
प्रतियोगिताको निमित्त लेखिएको

मुक्तक नं-१)
बोल्दैन किन यहाँ चिन्ने हरुले
युग काँधमा बोकेर हिन्ने हरुले
समाज अन्तै लागिसके घिसारेर
आँखा बेचेर संस्कार किन्ने हरुले

मुक्तक नं-२)
सुन्दर मुर्ति सबैलाई प्यारो भैसक्यो
यो ढुंगा हो भन्न नि गाह्रो भैसक्यो
ढुंगा पुज्दा पुज्दै कोमल दिल पनि
निर्जीव ढुंगा जस्तै सार्‍हो भैसक्यो

मुक्तक नं-३)
दुनियाँलाई दृष्टि दिने आँखा थियौ तिमी
यो समाजलाई बचाउने गाता थियौ तिमी
हिन्ता बोधमा तिमी आँफै खुम्चिएर बस्यौ
अन्धबिश्वास जलाउन सक्ने लाभा थियौ तिमी

आशिक तामाङ्ग वाईबा/ Mongolian Samrat
तसर्पु-९ धादिङ्ग सल्ले
हाल- साउदी अरब