30 November 2016

मुक्तक

मुक्तक
तिमी मेरो म तिम्रो, भर परौँ सानू
मंसिर आयो अब त, बिहे गरौँ सानू
यस्तै यस्तै भन्छिन, अचेल पियारीले
नदिए त भागेर नि, सिउँदो भरौँ सानू
tarash

29 November 2016

गजल

गजल

सपनिमा आउँदा आउँदै बिपनिमा आयौ
रंगीचंगी इन्द्रेणी झैँ जिन्दगीमा छायौ

हजार जुनि संगै संगै जिउँला भनेर
देवि देउता भाकेर झुटो कसम खायौ

को नै छ र तिमी बिना मर्छु भन्नेले
मलाई छोडी आज अन्तै माया लगायौ

जून बनी उदाईदिउँला अँधेरोमा भनी
निस्पट्ट यो अँधेरोमा मलाई बसायौ

जिन्दगी यो कालो कालो औँसी बनाएर
झिलिमिली खोज्दै तिमी अन्तै उदायौ

सम्झना

28 November 2016

गजल

गजल

बिरुवाको मुना जस्तै, सरेर जान्छ
जिन्दगी पात जस्तै, झरेर जान्छ


धर्म कर्म गर्नेको, निचोड होलान्
धर्मको भकारी जस्ले, भरेर जान्छ

धेरै पल्ट सुनियो, यस्तो कुरा
उस्ले मात्र बैतरणी, तरेर जान्छ

नाटक गर्दै रंगमञ्चमा, भुल्नेले पनि 
आफ्नो भुमिका निर्वाह, गरेर जान्छ

कहाँ जान्छ किन जान्छ, थाहा छैन
यत्ती बुझेँ सबै एकदिन, मरेर जान्छ

(mongolian samrat)
  tasarpu-9 dhading
   salle....

मुक्तक

मुक्तक
झार्नको निम्ति जून पनि, तारा पनि
काफी हुन्छ मेरो एउटै, इशारा पनि
सम्राट पो हुँ दाँजेर, नहिँड्नु माया
हिँडेछ भने झार्न सक्छु, बंगारा पनि

मुक्तक

म लडेको छैन प्यारी, म झरेको छैन

नफर्किने मैले निधो नि, गरेको छैन

भावविह्वल छौ रे तिमी, सिउँदो पुछेर

झूटा हुन् ती सबै खबर, म मरेको छैन

(आशिक तामाङ्ग वाईबा)

24 November 2016

मुक्तक

भेट्न आउँछु भनेर, आउँदै आउँदैनौ

मैले जस्तै सम्झेर, धाउँदै धाउँदैनौ

माया मारी दिउँला, चटटक्कै मैले

फर्की आउँनु भनेर, रुन पाउँदैनौ

19 November 2016

गजल

गजल

चौरासी ब्यञ्जन तिम्ले पो सुनको, थालमा भेटिएला
हेर्न जानू गाउँमा जनता, अनिकालमा भेटिएला

भयो होला स्विजरल्यान्ड, तिम्रै शहर स्विजरल्यान्ड
उता कर्णाली अठार सय, सालमा भेटिएला

तिमी पो त घरभित्रै, स्विमिङ्ग पुलमा तैरन्छौ
गरिब निमुखा गुहार्दै, आशुँको छालमा भेटिएला

तिम्रो शहरमा आकश छुने, धरहरा बन्दै छ रे
चढेर हेर्नू म जस्तो कयौं, त्रीपालमा भेटिएला

राख्नेले तिम्रो नामको अघि, स्वर्गीय लेखे पनी
खोज्यो भने त तिम्लाई सायद, पातालमा भेटिएला

चौरासी ब्यञ्जन तिम्ले पो सुनको, थालमा भेटिएला
हेर्न जानू गाउँमा जनता, अनिकालमा भेटिएला

(आशिक तामाङ्ग वाईबा )
  तसर्पु-९ धादिङ्ग सल्ले
  हाल- परदेश

मुक्तक

मुक्तक
कयौं पटक फालेँ भात, त्यसै मुसेर
भाला बनेर तिम्रो याद, दिलमा घुसेर
भन्दिएँ पटक्कै आउँदैन, याद तिम्रो
सम्झनामा छट्पटाउँदै, आँसु पुसेर

मुक्तक

मुक्तक

गोप्य बैठक अनि छलफल अति भयो

भन्नुस् टेबुल मुनिबाट लेनदेन कति भयो

मख्ख पर्दै मुस्कुराउँदै निक्लिनु भयो त

कति भुभाग कस्लाई बेच्ने सहमती भयो

मुक्तक

मुक्तक
फूल जस्तै डाली बाट, झरेर जानू छ
थाहा छ एकदिन म पनि, मरेर जानू छ
अरु माथी बिस्वास गर्ने, बानी नहुनाले
मर्नु अगाडि काज क्रिया, गरेर जानू छ

18 November 2016

गजल


गजल

जब देखि पुर्व पश्चिम, हामी भयो
तब देखि मनस्थिति, बिरामी भयो

थोरै मैले के पिएँ, इलाजको लागि
बानी हरु झन् झन्, बदनामी भयो

अल्झाई रह्यो सँधै मलाई, त्यही ठाउँमा
तिम्रो याद मेरो निम्ति, प्रतिगामी भयो

तिम्ले मेरो यो हात, थामेको बेला
लागेको थियो अब क्या, दामी भयो

कुन दिन माया पिरेम, लगाएछु मैले
आफ्नो जीवन आफ्नै, मलामी भयो

16 November 2016

मुक्तक

मुक्तक
गाथ्यो बिदेस हुने खाने, बन्न नसकेर
साईँलो दाइ टारी खेत, खन्न नसकेर
बाकस माथी घोप्टिएर, मुर्छिए भाउजू
लास संगै आको पैसा, गन्न नसकेर

मुक्तक

मुक्तक
सम्झना मात्र दिलाउने तस्बिर फाल्नु है आमा
मेरो माया त्यो दिल बाट निकाल्नु है आमा
आयो भने परदेश बाट बाकसमा छोरो
एकदिन सबै मर्नै पर्छ सम्हाल्नु है आमा

मुक्तक

मुक्तक
खैलो बैलो हुनेछन् भोलि बजारमा
मेरै तस्बिर हुनेछन् सबै अखबारमा
तस्बिर संगै हुनेछन् यस्तो लेखिएको
आशिक तामाङ्ग रहेनन् यो संसारमा
2016-11-15
साउदी

मुक्तक

भएन मलाई यस्तो सोर्‍ह सालमा पनि
अप्सरा संग निदाएकै हो  त्रिपालमा पनि
जवानीले सतायो भन्छ्यौ तिमी अझै
के सुन्नु परेको यो बुढेसकालमा पनि

14 November 2016

मुक्तक

मुक्तक
साउने झैँ अश्रुधारा,थाम्न सकिएन
हो छाती पोलेर, छाम्न सकिएन
जलाई दियौ मुटु मायाको बदला
तिम्ले जस्तै मैले, डाम्न सकिएन

गजल

"गजल"

चोट" नै केही यस्तो, दियो पिरतिले
जो कहिल्यै निको हुँदैन, ओखतिले

परदेशमा श्रीमान, पसिना बगाएको
घरमा बसेर खै के, बुझ्थेर श्रीमतिले

जिउँदो रहुन्जेल गर, जे गर्न सक्छौ
मरेपछि  के  गर्छ र, तिम्रो सम्पतिले

कछुवाकै चाल जस्तो, भयो हेर यात्रा
कहाँ सम्म चल्ला जिन्दगी, यो गतिले

तिर मारी मुटुभित्र "घायल" बनाएर
वचन प्रहार गर्छन् अझै, कतिकतिले

जे,वि, एम घायल अबिरल रोल्पाली
11/05/2016

मुक्तक

मुक्तक
लाखौँ संग साटेको मुटु दिन्छु नभन
मेरो माया सम्पत्तीले किन्छु नभन
बिगत संगै तिम्रो नाम मेटाईसकेँ मैले
भेट्दा खेरी भो मलाई चिन्छु नभन।

13 November 2016

मतला

मतला
कोही सियो बनेर दिलमा बिझाउदै छन्
कोही यादमा आशु बनेर ऑखा रसाउदै छन्
छिमेकी

अरे यार बैसमा रंग मानेर भागेर बिहे गरेकाले यहाँ
थुक्क जिन्दगी बेकार भो भनेर आँसू बगाउँदै छन्
          - प्रकाश

जीवन भरि अरुकै कुरा काटेर बाचेकाहरु
पाप हर भन्दै अझै दुधले नुहाउदै छन
छिमेकी

मायाजाल हो भौतिक पैसा केही होइन भन्दै
पण्डित बाजे भेटी उठाउन सप्ताह लगाउँदै छन्
Mongolian Samrat

खै किन हो कुन्नि मायाको नाममा केवल
मान्छेले हिजोआज  विकृति समाउदै छन् ।
#प्रकृति

द्वन्द्वकालमा आफ्नै धोती थिएन जस्को
आज बठ्याँई गर्दै बाजा बजाउँदै छन
सम्राट
आफ्नो खेत बारी बाँझो देखेर रमाउने युवाहरु
मुग्लानमा खुन पसिना बेचेर पैसा कमाउँदै छन्

              -    प्रकाश

चाँडै चाँडै ढल्ने लुते कुर्सी परेर होला
सहिदको रगत थन्किएर डुङ डुङ गन्हाउँदै छन
mongolian samrat

नितान्त ज्ञानको लाली पाउडरले आफ्नो
वुद्धि मानसपटललाई सजाउदै छन् ।
#प्रकृति

जस्ले हिजो तिमी बिना मरिहाल्छु भन्थे
सुन्छु आज अर्कै संग घरबार बसाउँदै छन
mongolian samrat

मुक्तक

मुक्तक
गर्‍यौ सँधै मेरो बदनामी सहि
जुनि भरी हुनु प्रतिगामी सहि
तिम्रो लागि मेरो कबुल एउटा
मर्ने बेला आउनु मलामी सहि
(आशिक तामाङ्ग वाईबा)

मुक्तक

गर्‍यौ सँधै मेरो,बदनामी सहि 

जुनि भरी हुनु, प्रतिगामी सहि

तिम्रो लागि मेरो, कबुल एउटा 

मर्ने बेला आउनु, मलामी सहि

आशिक तामाङ्ग

गजल

गजल
तिमी सामु पुर्‍याई दिने, जेट भएन
पल पल भयो सम्झना, भेट भएन

माया प्रीति अभाबले, कुन्ठित बनायो
पैसा सामु हाम्रो प्रेमको, रेट भएन

तिम्रो माया पाए केही, चाहिन्न लाग्थ्यो
नखाई कन बस्न सक्ने, पेट भएन

समय संगै माया प्रेम, आधुनिक बन्यो
पर्देश बाट तरंगित भो, ठेट भएन

भाग्य खोज्न कर्म गर्न, पर्देश हान्निएँ
जन्म भुमि मलाई आफ्नो, देश भएन

तसर्पु-९ धादिङ्ग
दामिचौर सल्ले
हाल- पर्देश

गजल

गजल
तिमी सामु पुर्‍याई दिने, जेट भएन
पल पल भयो सम्झना, भेट भएन

माया प्रीति अभाबले, कुन्ठित बनायो
पैसा सामु हाम्रो प्रेमको, रेट भएन

तिम्रो माया पाए केही, चाहिन्न लाग्थ्यो
नखाई कन बस्न सक्ने, पेट भएन

समय संगै माया प्रेम, आधुनिक बन्यो
पर्देश बाट तरंगित भो, ठेट भएन

भाग्य खोज्न कर्म गर्न, पर्देश हान्निएँ
जन्म भुमि मलाई आफ्नो, देश भएन

तसर्पु-९ धादिङ्ग
दामिचौर सल्ले
हाल- परदेश

मुक्तक

मुक्तक
तिम्रै माया छ मुटुमा, छिरेर हेर्नू
बिस्वास नलागे यो,छाती चिरेर हेर्नू
के जाँच्छौ माया, त्यो कौसी बाट
मैदान जस्तो यो छातीमा, गिरेर हेर्नू
(आशिक तामाङ्ग वाईबा )
   तसर्पु-९ धादिङ्ग सल्ले

गजल

गजल
महङ्गीले आकाश, छोको छ के गर्नु
बुढी आमा चुलोमा, भोको छ के गर्नु

आएको त हो नि, कमाउन पर्देश
गाउँ घर सम्झी मन, रोको छ के गर्नु

सन्चै छु म भन्दिएँ, सोध्ने हरु लाई
खाली पेट रित्तो हात, फोको छ के गर्नु

फर्किउँ लाग्छ आफ्नै घर, उडेरै पनि
घरको छानो बदल्ने, धोको छ के गर्नु

पैसाको भन्दा माया त, तिम्रै लाग्छ नि
फुकाउनै कठिन ऋणको, पोको छ के गर्नु

(आशिक तामाङ्ग वाईबा)
हाल= पर्देश

गजल

*********गजल*********
जिन्दगीको भारी यहाँ, बोक्न सकिन मैले
अझै कति बाँकी छ, जोख्न सकिन मैले

खुशी फल्ने बोट खोज्ने,निर्णय त गरेँ
कैले आउँछु फर्की दिन, तोक्न सकिन मैले

हसाँउने रहर थियो, आँसु पुछ्नु भन्दा
नजाउ भनी रोयौ तिमी, रोक्न सकिन मैले

तिमी रुँदा मैले मुटु, निचोरिँदै थिएँ
तर तिम्लाई मनको बह, पोख्न सकिन मैले

छुटेपछि तिमी भन्दा, धेरै रोएको छु
अभागी ठाँनी पुर्पुरो, ठोक्न सकिन मैले

(आशिक तामाङ्ग वाईबा)
तसर्पु-९ धादिङ्ग सल्ले
हाल-पर्देश

गजल

गजल

आकाश धर्ती अटाउने विशाल मेरो छात्ती थियो

त्यै छात्तीमा कुल्ची हिँड्ने साँच्चै तिमी घाती थियो


पीडा खप्न नसकेर छात्ती पिटि मैले रुँदा

ताली बजाई हेर्ने मान्छे कति कति ताँती थियो


आगो लायौ मुटुमा प्रेमको ब्रह्माण्ड धुवाँ भो

जले पनि मुटु मेरो सास अझै बाँकी थियो


बाचा कसम खायौ तिम्ले तर मैले खाईन

तिम्रो माया झुटो रैछ मेरो माया खाटी थियो


एउटै शब्द सुन्न भनी धेरै बेर रोकेँ

एक्लै पनि जिउन सक्छौ यत्ती काफी थियो


आशिक तामाङ्ग वाईबा

तसर्पु-९ धादिङ्ग

सल्ले

मुक्तक

मुक्तक
सोँच्ने शक्ति बेलैमा निखारे है
बोल्ने शैली पनि त सुधारे है
अझै यस्तै बानी रहिरहे तिम्रो
सद्दे खुट्टा भाँच्दिम्ला बिचारे है
(आशिक तामाङ्ग वाईबा)

गजल

गजल

देशले दिन्न काम काज खाडीमा पुग्छ
सपना हरुको जहाज खाडीमा पुग्छ

देशमा बलत्कृत हुन्छ मेरो राष्ट्रियता
चीत्कार जस्तो आवाज खाडीमा पुग्छ

देश बिरामी भयो भने के होला म सोँच्छु
लास घरमा पुग्दा इलाज खाडीमा पुग्छ

हिजो देश बनाउन सहिद भएको उ
सालिक बचाउन आज खाडीमा पुग्छ

देशले दिन्न काम काज खाडीमा पुग्छ
सपना हरुको जहाज खाडीमा पुग्च

(कमल संघर्ष )

मुक्तक

मुक्तक
सोँच्ने शक्ति बेलैमा निखारे है
बोल्ने शैली पनि त सुधारे है
अझै यस्तै बानी रहिरहे तिम्रो
सद्दे खुट्टा भाँच्दिम्ला बिचारे है
आशिक तामाङ्ग वाईबा
तसर्पु-९ धादिङ्ग सल्ले
😂😂😂😂😂

गजल

हाँसो दिन्छु भन्थ्यौ आँसु झार्यौ निष्ठुरी
न त घरको न त घाटको पार्यौ निष्ठुरी ।

पहाडकी गरिब छोरी देखेर होला सायद
हुनि खानी धनी केटि  चार्यौ निष्ठुरी ।

दुई मुटु जोडेर सङ्गसङ्गै बाँचौ भन्दा
आज भन्दै भोलि भन्दै टार्यौ निष्ठुरी ।

हिजोसम्म मेरै काखमा लडिबुडी रम्नेले
आज अर्कै अङ्गालोमा नार्यौ निष्ठुरी ।

रहर कि बाध्यता के पर्यो तिमी लाई
चोखो माया खै किन मार्यौ निष्ठुरी ।

सजना वाइबा सन्ध्या
रामेछाप गागल भदौरे ।
हाल : राजधानी