गजल
कहाँ बाट आउँछ जान्छ थाहा हुँदैन
बेइमानी त्यो सम्झनाको नाका हुँदैन
हरेक साँझ कति बोतल रित्तो बनाउँछु
झन झन बढ्छ पीडा आधा हुँदैन
धेरै पहिले दिल जलाई गएकी उनी
उनी जस्तै सम्झना किन बिदा हुँदैन
जुनि भरी रुनु पर्ने बनाई जानेको
कुनै दिन बाटो नहेर्ने आँखा हुँदैन
त्यागी दिन्छ जिन्दगी धोका पाउनेले
धोखेबाज थुनी दिने झ्यालखाना हुँदैन
Mongolian Samrat
