26 January 2017

गजल

गजल
के सन्तुष्ट दिलाउँथ्यो, पैसा दुष्टले
जो आफैँ संसार डुल्छ, असन्तुष्टले
समाउँला कमाउँला भनेर, कुदेको हुँ
खाडी मुलुक समाज, संगको रुष्टले
एकनासले निरन्तर, कहाँ आउँछ र
दु:ख जस्तै सुख पनि, एकमुष्टले
औषधीकै सहारा, लिन्छन् रे निदाउन
पैसाकै ओछ्यान बनाएका, हृष्ट पुष्टले
के सन्तुष्ट दिलाउँथ्यो, पैसा दुष्टले
जो आफैँ संसार डुल्छ, असन्तुष्टले
Mongolian Samrat
तसर्पु-९ धादिङ्ग सल्ल

8 January 2017

गजल

गजल

शाश्वत कुरा बुझे सँगै, बढ्दैछ डर पनि
नस्विकारी पटक्कै फेरि,  छैन धर पनि

हिजो सम्म सर्बस्वनै, त्यही हो लाग्थ्यो
घर जस्तो लाग्दैन अचेल, त्यो घर पनि

हरेक दिन आफ्नै छेउ, लास जलेको देखेर
बग्न  चाहान्छ  खोली सँगै, त्यो बगर पनि

घाटको बाटो हुँदै पुगे थेँ, शहरको भिडमा
चिहान जस्तै पो लाग्न थाल्यो, शहर पनि

चिहाई हेर्दा लोभ लाग्दो, सुन्दर रुप भित्र
नजर आयो डर लाग्दो, अस्थी पञ्जर पनि

Mongolian Samrat
तसर्पु-९ धादिङ्ग सल्ले
हाल- साउदी अरब

5 January 2017

गजल

गजल

कतै कति मजबुरी हेर्दै बित्छ जीवन
कहीँ भ्रामक खुशी हेर्दै बित्छ जीवन !

अनेकौं चाह छन् आखिर जिन्दगीमा
तर आफ्नै आहुति हेर्दै बित्छ जीवन!

शिकारी भन्दथ्यो यस्तै सत्य होकी ?
'समयको काँचुली हेर्दै बित्छ जीवन'!

निरन्तर बगिरहन्छन् फर्किन्न खोली
फगतमा त्यो घडी हेर्दै बित्छ जीवन !

बेला आउँछन् अरे! भन्छन् चिन्नुपर्ने
न चिन्दा ढुकढुकी हेर्दै बित्छ जीवन!
@करीब
सर्वाधिक बहर बहार
चित्र थापा