5 January 2017

गजल

गजल

कतै कति मजबुरी हेर्दै बित्छ जीवन
कहीँ भ्रामक खुशी हेर्दै बित्छ जीवन !

अनेकौं चाह छन् आखिर जिन्दगीमा
तर आफ्नै आहुति हेर्दै बित्छ जीवन!

शिकारी भन्दथ्यो यस्तै सत्य होकी ?
'समयको काँचुली हेर्दै बित्छ जीवन'!

निरन्तर बगिरहन्छन् फर्किन्न खोली
फगतमा त्यो घडी हेर्दै बित्छ जीवन !

बेला आउँछन् अरे! भन्छन् चिन्नुपर्ने
न चिन्दा ढुकढुकी हेर्दै बित्छ जीवन!
@करीब
सर्वाधिक बहर बहार
चित्र थापा

No comments:

Post a Comment