3 March 2017

गजल

गजल

दुखाई दियौ मन मुटु अनि, आँसु  झारेको हुँ
वचन लगायौ तिमीले र  त, मन  मारेको  हुँ

बार बार तिमीले मेरो मायालाई, नकारी दियौ
त्यसैले त  तिमीलाई  पनि, मैले  नकारेको हुँ

छुट्नु थियो तिमी बाट  मलाई, सँधैको  लागि
त्यही हुनाले एक बहानामा,  बसाइँ सारेको हुँ

उभिरह्यौ  तिमी बोलिरह्यौ सँधै, मेरै  बिरुद्धमा
तिम्रो निम्ति मैले आफ्नो, जिन्दगी बिगारेको हुँ

कहिल्यै सुनिनौँ कहिल्यै बुझिनौँ, मलाइ तिमीले
पक्कै तिमीले पढ्छौ भनेर,गजलमा उतारेको हुँ

Mongolian Samrat
तसर्पु -९ धादिङ्ग सल्ले
हाल - साउदी अरब

No comments:

Post a Comment