24 May 2017

गजल

गजल

कहाँ बाट आउँछ जान्छ थाहा  हुँदैन
बेइमानी त्यो सम्झनाको नाका हुँदैन

हरेक साँझ कति बोतल रित्तो बनाउँछु
झन  झन  बढ्छ  पीडा  आधा  हुँदैन

धेरै पहिले दिल जलाई गएकी  उनी
उनी जस्तै सम्झना किन बिदा हुँदैन

जुनि भरी  रुनु पर्ने  बनाई   जानेको
कुनै  दिन  बाटो नहेर्ने  आँखा  हुँदैन

त्यागी दिन्छ जिन्दगी धोका  पाउनेले
धोखेबाज थुनी दिने झ्यालखाना हुँदैन

Mongolian Samrat

No comments:

Post a Comment