*********गजल*********
जिन्दगीको भारी यहाँ, बोक्न सकिन मैले
अझै कति बाँकी छ, जोख्न सकिन मैले
खुशी फल्ने बोट खोज्ने,निर्णय त गरेँ
कैले आउँछु फर्की दिन, तोक्न सकिन मैले
हसाँउने रहर थियो, आँसु पुछ्नु भन्दा
नजाउ भनी रोयौ तिमी, रोक्न सकिन मैले
तिमी रुँदा मैले मुटु, निचोरिँदै थिएँ
तर तिम्लाई मनको बह, पोख्न सकिन मैले
छुटेपछि तिमी भन्दा, धेरै रोएको छु
अभागी ठाँनी पुर्पुरो, ठोक्न सकिन मैले
(आशिक तामाङ्ग वाईबा)
तसर्पु-९ धादिङ्ग सल्ले
हाल-पर्देश
No comments:
Post a Comment