13 November 2016

गजल

गजल

आकाश धर्ती अटाउने विशाल मेरो छात्ती थियो

त्यै छात्तीमा कुल्ची हिँड्ने साँच्चै तिमी घाती थियो


पीडा खप्न नसकेर छात्ती पिटि मैले रुँदा

ताली बजाई हेर्ने मान्छे कति कति ताँती थियो


आगो लायौ मुटुमा प्रेमको ब्रह्माण्ड धुवाँ भो

जले पनि मुटु मेरो सास अझै बाँकी थियो


बाचा कसम खायौ तिम्ले तर मैले खाईन

तिम्रो माया झुटो रैछ मेरो माया खाटी थियो


एउटै शब्द सुन्न भनी धेरै बेर रोकेँ

एक्लै पनि जिउन सक्छौ यत्ती काफी थियो


आशिक तामाङ्ग वाईबा

तसर्पु-९ धादिङ्ग

सल्ले

No comments:

Post a Comment