मतला
कोही सियो बनेर दिलमा बिझाउदै छन्
कोही यादमा आशु बनेर ऑखा रसाउदै छन्
छिमेकी
अरे यार बैसमा रंग मानेर भागेर बिहे गरेकाले यहाँ
थुक्क जिन्दगी बेकार भो भनेर आँसू बगाउँदै छन्
- प्रकाश
जीवन भरि अरुकै कुरा काटेर बाचेकाहरु
पाप हर भन्दै अझै दुधले नुहाउदै छन
छिमेकी
मायाजाल हो भौतिक पैसा केही होइन भन्दै
पण्डित बाजे भेटी उठाउन सप्ताह लगाउँदै छन्
Mongolian Samrat
खै किन हो कुन्नि मायाको नाममा केवल
मान्छेले हिजोआज विकृति समाउदै छन् ।
#प्रकृति
द्वन्द्वकालमा आफ्नै धोती थिएन जस्को
आज बठ्याँई गर्दै बाजा बजाउँदै छन
सम्राट
आफ्नो खेत बारी बाँझो देखेर रमाउने युवाहरु
मुग्लानमा खुन पसिना बेचेर पैसा कमाउँदै छन्
- प्रकाश
चाँडै चाँडै ढल्ने लुते कुर्सी परेर होला
सहिदको रगत थन्किएर डुङ डुङ गन्हाउँदै छन
mongolian samrat
नितान्त ज्ञानको लाली पाउडरले आफ्नो
वुद्धि मानसपटललाई सजाउदै छन् ।
#प्रकृति
जस्ले हिजो तिमी बिना मरिहाल्छु भन्थे
सुन्छु आज अर्कै संग घरबार बसाउँदै छन
mongolian samrat
No comments:
Post a Comment